सनातन घडी!!
डा नारायण घिमिरे
हाम्रा पुर्खाले निर्माण गरेको सनातन घडी र त्यसको सङ्ख्या ले दिने अर्थ र त्यसको महत्त्व बारेमा धेरै सनातनीहरू कम जानकार हुन सक्दछन्। समय हरेक समय तपाइको लागि महत्त्व पूर्ण हुन्छ। त्यही समय तपाइले आफ्नो सनातनी मान्यताले आफूलाई नियमित पुनर्ताजकी गर्न सहयोग पुर्याउन उपयोग गर्न समेत सक्नु हुन्छ। त्यसैले आउनुहोस् हामी अव हाम्रो सनातनी घडीको नम्बरहरू सँगै जोडिने हाम्रा मान्यताहरू बारे परिचित बनौँ। सनातनी घडीमा हरेक २४ घण्टामा तलका नम्बर हरू २ पटक आउने गर्दछन्। २ पटकको अर्थ आत्मा र परमात्मा हो। तर आत्मा समेत परमात्माको अंश रहेकोले ती दुवै “एको ब्रह्म द्वितीय नास्ति” भनी एकै नम्बरमा लेखिन्छ। बेलुकीको अङ्कहरू चन्द्र ऊर्जा अर्थात् पन्च तत्व बाहेकको मन मस्तिष्क अहङ्कार बुद्धि र ज्ञान संग सम्बन्धित छ। दिउसोको अङ्कहरू सूर्य ऊर्जा वा भौतिक ऊर्जा संग अधिक सम्बन्ध रहन्छ। जुन पन्च तत्व गुण वाट निर्मित छ। यथार्थमा दुवै सूर्यको प्रकाशकै श्रोत निर्मित हो। एउटा सिधै सूर्य वाट आएको ऊर्जा हो।
अर्को सूर्यको परावर्तित प्रकाश वाट आएको सूर्यको नै ऊर्जा हो।
१२:०० आदित्य-१२ आदित्यहरू (सूर्यहरू)।
१:०० ईश्वर-केवल एक ईश्वर-“एको ब्रह्म द्वितीय नास्ति”।
२:०० पक्ष-२ प्रकारका- शुक्ल पक्ष र कृष्ण पक्ष। भौतिक र मन अध्यात्मतक पक्ष।
व्यक्त स्वरूप र अव्यक्त स्वरूप । अपरा विद्या (अपरा ज्ञान) र परा विद्या (परा ज्ञान)। ३:०० परमात्मा, जीवात्मा र प्रकृति – अनादि तत्त्व-३ प्रकारका । सत्त्वगुण, रजोगुण, तम गुण – त्रिगुण। स्वभाव (Quality), कर्म (Space), काल (Time) – त्रि पक्ष। ४:०० वेद-४ प्रकारका ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद।
५:०० महाभूत-५ प्रकारका आकाश, वायु, अग्नि, जल, पृथ्वी – पन्च तत्व। ६:०० दर्शन-६ प्रकारका- सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त। ७:०० धातु-७ प्रकारका- रस (प्लाज्मा), रगत, मांस (तन्तु र मांसपेशी), मेद (चिल्लो), अस्थि (हड्डी), मज्जा (हड्डीको गुदा) र शुक्र (प्रजनन तन्तु)।
८:०० अष्टाङ्ग योग-८ प्रकारका- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। ९:०० अङ्क-९ प्रकारका- साङ्ख्य १ २ ३ ४ ५ ६ ७ ८ ९। १०:०० दिशा-१० दिशा- उत्तर, दक्षिण, पूर्व, पश्चिम, उत्तर पूर्व, दक्षिण पूर्व, उत्तर पश्चिम, दक्षिण पश्चिम, माथि र तल। ११:०० आध्यात्मिक र दार्शनिक शिक्षा दिने उपनिषद्-११ प्रकारका।
ईशोपनिषद्, कठोपनिषद्, कठरुद्र उपनिषद्, छान्दोग्य उपनिषद्, बृहदारण्यक उपनिषद्, माण्डूक्य उपनिषद्, प्रश्नोपनिषद्, तैत्तिरीय उपनिषद्, ऐतरेय उपनिषद्, कौषीतकी उपनिषद्, मुण्डक उपनिषद्।